महेन्द्रनगर । कञ्चनपुरमा आज (शुक्रवार) थप ८४ जनाले कोरोना जितेर घर फर्किएका छन । आज संक्रमण मुक्त भएका सहित अहिले सम्म ७ सय बढी कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कञ्चनपुरमा कोरोना जितेर घर फर्किनेको संख्या दिनप्रतिदिन बढदै गईरहेको छ ।शुक्रवार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ८ जना र ऐन्टिजिन परिक्षणमा १६ जना गरी १ सय २४ जनामा कोरोना संक्रमिण पुष्टि हो ।