महेन्द्रनगर । नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै गरेको ट्रक दुर्घटनामा परेको छ । नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहिबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । उनका अनुसार ट्रकको पछाडीको टायर पड्किदा आफै अनियन्त्रित हुन गएको जनाएको छ । ट्रकमा दुर्घटनामा घाईते भएका चारै जनाको अवस्था सामान्य रहेको छ ।