काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सीतल निवास पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकेर ओली सीतल निवास गएका हुन्। प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि २७ गते संसद् बैठक डाकिएको छ। विश्वासको मत लिनका लागि संसद् आह्वान गरिएसँगै प्रधानमन्त्रीले सक्रियता बढाएका छन्।