काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक केहि समयभित्रै सुरु हुन लागेको जनाएको छ।  बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित हुने बताइएको छ। बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भएको छलफल ब्रिफ्रिङ हुनेछ। त्यसैगरी राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा पनि छलफल हुने बताइएको छ।