कञ्चनपुरमा इट्टा भट्टामा परि एक बालकको घटना स्थलमै मृत्यु भएको छ। भीमदत्त नगरपालिका ८ तिलाचौर जगदम्बा इट्टा भट्टाको कोइला पिस्ने मेसिनमा परेर अन्दाजी १३ वर्षीय अर्जुन पुजाराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ।