कञ्चनपुरमा बुधवार १ सय १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो संख्या अहिले सम्मकै धेरै डिस्चार्ज भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।  त्यसैगरी बुधवार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ११ जना र ऐन्टिजिन परिक्षणमा १६ जना गरी २७ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुधवार महाकाली अस्पतालमा शून्य मृत्यु, रहेको छ । महाकाली अस्पतालमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।