महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मास्क,ग्लोब्स र फेश सिल्ड अनिवार्य लगाउन आग्रह गरेको छ । गत सोमबारको आदेश बमोजिम प्रत्येक आईतबार,मङगलबार र बिहिबार बिहान ६ बजेदेखी ९ बजेसम्म तरकारी र खाद्यान्न खरिद बिक्रिको समय तोकेको छ । उक्त समयमा भीडभाड बढी हुन थालेपछि कोरोना संक्रमणको जोखिम रहेकाले सो समयमा मास्क,ग्लोब्स र फेश सिल्ड अनिवार्य लगाउन आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सुचना जारी गर्दै सो समयमा नलगाए मास्क,ग्लोब्स र फेश सिल्ड प्रयोग नगरे कारवाही हुने बताएका छन ।

यस्तो छ सुचना