धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु भएको छ । मंगलबारदेखि नेपाली सेना निमार्णमा जुटेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निमार्ण हुन लागेको हो ।
उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए। गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको भएपनि पहिलो चरणमा ५ सय बेडको आइसोलेसन बनाइन लागेको जनाइएको छ ।