महेन्द्रनगर : उच्च अदालत महेन्द्रनगरमा कार्यरत एकजना न्यायधीशलाई उपचारका लागि सिम्रिक एयरको हेलीकप्टरबाट काठमाडौ लगिएको छ । कोरोना संक्रमण देखिएपछि एकसाता अघि महेन्द्रनगर स्थीत महाकाली अस्पतालमा भर्ना भएको उनको थप उपचारका लागि बुधबार सिम्रिक एयरको ९एन एएनबी नम्बरको हेलीकप्टर मार्फत काठमाडौ लगिएको हो ।
कोरोना संक्रमण देखिएपछि होम आईसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एक साताअघि महाकाली अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले उनको अवस्था सुधारोन्मुख भएको बताए । उनले स्वास्थ्य सुधारको क्रममा बताउँदैे परिवाले थप उपचारका लागि काठमाडौ लगेको बताए ।