सरकारले भारतसँग जोडिएका आठ नाकानजिकै एक–एक हजार मानिस अट्ने आठवटा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । त्यसको जिम्मा सेनालाई दिइएको छ ।झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकानजिकै होल्डिङ सेन्टर बनाइनेछ । मन्त्रिपरिषद्ले एक साताअघि नै नाकानजिकै पायक पर्ने स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

भारतबाट आउने नेपालीलाई सुरुमा होल्डिङ सेन्टरमा राखिनेछ । सम्बन्धित प्रदेश वा स्थानीय तहमार्फत उनीहरूलाई व्यवस्थित रूपमा घर पठाइनेछ । नेपालीबाहेकका नागरिकको प्रवेशमा सरकारले प्रतिबन्ध लगाइसकेको छ । होल्डिङ सेन्टरमा लाग्ने खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ।