महेन्द्रनगर । कञ्चनपुरमा एक साता लकडाउन गर्ने निर्णय गरिएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो। “बिहिबारदेखी एक साता लकडाउन गर्ने निर्णय भएको छ ।” कञ्चनपुर उद्योगा वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले भने – “बिहान ६ बजेदेखी ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाईने छ ।” उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने छन । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द हुनेछन ।

विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी मात्रै भेला हुन पाउने छन । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि लकडाउन गरिएको हो । महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामीलाई अक्सीजन समेत अभाव हुन थालेको छ ।