महेन्द्रनगर । कञ्चनपुरमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । मङ्गलबार भएको पिसिआर परिक्षणमा भीमदत्तनगरपालिकाका ३७ जना बेदकोटका ३ जना शुक्लाफाँटाका २ जना कृष्णपुरका २ जना पुर्नवासका ३ जना र बेलौरी नगरपालिका र बेल्डाडीका २÷२ जनामा संक्रमण पुष्टि भएको छ । मङ्गलबार ६७ जना एन्त्टिजेन पोजेटिभ देखिएका छन । यस्तै, सिमा नाका गडडाचौकीमा गरिएको ऐन्टिजिनमा ३५ जना महाकाली अस्पतालमा १३ जना, शुक्लाफाँटामा ६ जना, भिमदत्त नगरपालिकामा १३ जना, गरी जम्मा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे त्यसैगरी भीमदत्तनगरपालिका –११ का ४० वर्षिय पुरुषको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।