धनगढी : जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ । ‘भारतबाट आउनेलाई घर आउन रोक्न सकिदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ। अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते देखि एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौं,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने ।