महेन्द्रनगर । कञ्चनपुर चेम्बर अफ कर्मसले कोभिड–१९ विरुद्धको खोपमा व्यवसायीहरुलाई पनि प्राथमिकता दिनुपर्ने माग गरेको छ । नेपाल चेम्बर अर्फ अर्मसका केन्द्रिय सदस्य तथा कञ्चनपुर चेम्बर अफ कर्मसका अध्यक्ष पाण्डेयले व्यवसायीहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउनपर्ने बताएका छन । मङ्गलबार विज्ञप्ती जारी गर्दै उनले लकडाउनको अवधीमा साना व्यवसायीहरुलाई राहतको माग समेत गरेका छन ।
“लकडाउनमा सबै व्यवसायी प्रभावित हुन्छन बढी मारमा पर्ने साना व्यवसायीहरु हुन ।” उनले भने–“दिनभर खोकाछाप्रा तथा ठेलागाढमा व्यवसाय गरेर जोहो गर्ने व्यवसायीहरुलाई सरकारले राहत दिनुपर्छ ।” त्यसैगरी गत वर्षको लकडाउनको समयमा बजारका थुप्रै पसलहरुमा चोरी भएकाले त्यसतर्फ विशेष ध्यान दिन र सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन ।