कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए । उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए। “अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन”, प्रहरी नायब उपरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ।” बुधबारदेखी लागुहुने गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक लकडाउन गरेको छ । बिहान ८ बजेदेखि ३ बजेसम्म मात्रै बजार खोल्न पाईने छ ।