महेन्द्रनगर । जिल्ला प्रशासन कर्यालय कंचनपुरले आंशिक लकडाउन गरेको छ । सोमबार जिल्ला कोभिड -१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले  बुधबार देखि लागू हुनेगरी  ३ बजेपछि पुर्ण रूपमा बजार बन्द गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि शुक्रबार सम्म बिहान ८ देखि ३ बजेसम्म र शनिबार पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ सुरक्षाका मापदण्ड अपनाई मात्रै बजार खुला गर्न पाइने छ । त्यसैगरी भिडभाड कम गर्न सवारीसाधनमा जोरबिजोर समेत लागू गरेको छ ।