महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले परिक्षा स्थगीत गरेको छ । विश्वविद्यालयले कोरोना जोखिम रहेको भन्दै बैशाख १६ गतेबाट सञ्चालन हुने परीक्षा स्थगीत गरेको हो ।
शुक्रबार विद्यालयले सुचना जारी गर्दै पूर्व निर्धारित समयमै भौतिक रुपमा परिक्षा सञ्चालन गर्ने भनेपनि कोरोना महामारीका बिच परिक्षा गर्न नहुने दबाब पछि विश्वविद्यालय पछि हटेको हो । शनिबार मात्रै विद्यार्थी संगठनहरुले परिक्षा रोक्न माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । आईतबार विश्वविद्यालय सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि परिक्षा स्थगित गरेको जनाएको छ ।