महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बैशाख १६ बाट सञ्चालन हुने परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन ।
कञ्चनपुरमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै भौतिक रुपमा परिक्षा सञ्चालन नर्गन विद्यार्थी संगठनहरुले माग गरेका छन ।
कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरेका छन ।

विश्वविद्यालयका पदाधिकारीसित पटक पटक गरिएका छलफल सार्थक नभएपछि आन्दोलनमा उत्रिएको बिधार्थी नेताहरुले बताएका छन् ।६ वटा विद्यार्थी संगठनले शनिबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयले तत्काललाई कोरोना महामारीमा परीक्षा सञ्चालन कार्य रोक्न माग गरेका छन । विश्वविद्यालयले बैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ ।