काठमाडौं । नेरदल्याण्ड्समाथि १४२ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमा समेटियो। नेपालका लागि करण केसीले ३ तथा सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए। अविनाश बोहोरोले अन्तिम १ विकेट लिए नेदरल्याण्ड्सका लागि सेबास्टियन ब्राटले सर्वाधिक २६ रन बनाए भने म्याक्स वडागडले २० रन जोडे। पिटर सीलार १३ रनमा समेटिए। अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्। त्यसअघि नेपालले कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा २३८ रनको स्कोर खडा गरेको थियो।

नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो। नेपालका लागि भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाए।