महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार कोरोना संक्रमणबाट उपचाररत ४० बर्षीय युवकको मृत्यु भएको छ ।
यहाँस्थित महाकाली अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा. गोविन्द रोकायाले तीन दिनअघि भारतबाट घर फर्किएका भीमदत्त नगरपालिका–१८ भगतपुरका युवकको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
“ तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि यहाँ उपचारका लागि भर्ना गरिएको थियो ।” डा. रोकायाले भन्नुभयो–“ मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।” अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना संक्रमण देखिएको छ ।
महाकाली अस्पतालका अनुसार पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमितको संख्या वृद्धि हुदै गइरहेको छ ।
महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसियु शैया बढाइएको छ ।
“ अहिले ६ शैयाको आइसियु थियो, अहिले चौथ शैया पु¥याइएको छ ।” अध्यक्ष जोशीले भन्नुभयो–“ अन्य व्यवस्थापनको काम पनि हुदैछ ।”