काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शु्क्रबार एक सूचना जारी गर्दै महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर खाली रहेका सिलिण्डर भर्न आग्रह गरेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

छिमेकी भारत लगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ ।