महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिह धामीले दुर्घटनाका घाइतेको उद्घार गरेका छन । शुक्रबार राती साढे आठ बजेको समयमा कंचनपुरको बेदकोट नगरपालिका स्थित दैजिमा मोटरसाइकल दुर्घटनामा परेका बेदकोट नगरपालिका २ जडेपानीका रघुलाल डगौरा र लक्ष्मण डगौराको उद्घार गरि  महाकाली अस्पतालमा पुगाएका हुन । स्थानीयका अनुसार एम्बुलेन्स आउन ढिला भएपछि धनगढी बाट महेन्द्रनगर आउन लागेका मेयर धामीले घाइतेको उद्घार गरि अस्पताल पुगाएका हुन । उनलेे घाइतेलाई आफ्नै गाडीमा अस्पताल पुगाएका हुन ।  जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार मोटरसाइकल अनियंत्रितभइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घाइते दुबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।