काठमाडौं– नेकपा (एमाले)ले स्थायी कमिटी पुनर्गठन गरेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले केही सदस्य पछि थप्ने गरी स्थायी कमिटी पुनर्गठन गरेको हो। 

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्ष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल छन्। माओवादी केन्द्र परित्याग गरेर आएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्टलगायत स्थायी कमिटीमा आएका छन्। पुनर्गठित स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भने काेही पनि समेटिएका छैनन्।