कैलाली । कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।

त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । नेपालमा कामदारको रूपमा ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।