धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलत्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरीकी एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो । 

अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए । बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिएपछि  प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादव तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।