महेन्द्रनगर । महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावीत भएको छ । बुधबार अस्पतालका ५ जना प्रशासनका कर्मचारी,४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगिमा संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए । “अस्पतालमा जनशक्ति अभाव भइरहेका बेला कर्मचारीमा संक्रमण देखिएपछि समस्या भएको छ ।” उनले भने–“ओपीडी सेवालाई कम गरेर त्यहाँका कर्मचारीलाई कोरोना अस्पतालमा तानिएको छ ।” उनले ओपीडी सेवालाई दैनिक २÷३ घण्टा समय दिने बताउँदै संक्रमण बढे ओपीडी सेवा बन्द गर्न अवस्था आउन सक्ने बताए । संक्रमित बढ्न थालेपछि अस्पतालमा बिहिबार ६ वटा आईसियु बेड थप गरिएको छ । भने ११ वटा भेन्टिलेटर छन ।