काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।