अछाम । अछाममा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएकोे छ । साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए । स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको पिसिआर परिक्षण उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँको आज (बिहिबार) बिहान ७ः३० मा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनुभएको छ ।