महेन्द्रनगर : कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रशासन फाँटमा कार्यरत ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स, र ५ जना कार्यालय सहयोगीहरुमा कोरोना पोजेटिभ देखिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
केहीलाई आईसोलेसन केहीलाई होम आईसोलेसनमा बस्ने गरि व्यवस्था मिलाएको उनले बताए ।

“संक्रमण बढीरहेको बेला अस्पतालको जनशक्ति कम थियो त्यसैमा कर्मचारीलाई संक्रमण हुँदा समस्या थपिएको छ ।” अध्यक्ष जोशीले भने–“अस्पतालमा बेड थपेर कोरोना संक्रमितका लागि उपचारका लागि थप व्यवस्थीत गर्ने तयारीमा छौ ।” उनले बिहिवार देखी अस्पतालमा ६ वटा आईसियु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरि अस्पतालले सेवा दिने बताए । महाकाली अस्पतालको आइसोलेसनमा अहिले लक्षण देखिएका ३८ जना बिरामी राखिएको छ । भने लक्षण नदेखिएकालाई आइसिएचको भवनमा राखिएको छ ।