महेन्द्रनगर । बिहिबार महेन्द्रनगरमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण अतरीया ग्रिड शाखाको अतरिया एवम कञ्चनपुरको लालपुर शव स्टेशनमा सिटि परिवर्तन,पावर ट्रन्सर्फमरको क्षमता अभिवृद्धि तथा मर्मत सम्भार गनुपर्ने भएकाले सो फिडरहरुको बिहिबार बिहान ६ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख मनोज शर्माले बताए । उनका अनुसार बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म दैजी एवंम लालपुर फिडरको मात्र विद्युत अवरुद्ध हुनेछ । निर्धारीत समयअघि नै कार्य सम्पन्न भए तोकिएको समय अगावै सेवा सुचारु हुने महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।