काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेसनसम्बन्धी नियम बदर गरिदिएको हो ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली, २०५९ को नियम ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ३०४८ को दफा ३७ लगायत सिद्धान्तसँग बाझिएको ठहर गर्दै बदर गरेको हो ।