महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास जनता माविमा अध्यनतरत एक जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । पुर्नवास नगरपालिका –६ त्रिभुवनबस्ती स्थीत पुर्नवास जनता माध्यमीक विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक मान वहादुर तामाङले बताए ।उनले बैशाख १३ गतेसम्म विद्यालय बन्द रहने जानकारी दिए । पछिल्लो एक साता यता कञ्चनपुरमा संक्रमण तिब्र भइरहेको छ ।