डोटी : एघार दिनअघि भारतको गुजरातबाट घर फर्किएर आइसोलेसनमा बसेका एक युवकको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले निज युवकको दाजुको गएको शनिबार भारतमा कोरोनाले मृत्यु भएको र उनको घर आएपछि मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशङ्का गरिएको बताए ।
जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताए । स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मङ्गलबार राति उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन ।