कैलाली : कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि स्थानीय प्रशासनले समेत स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीलाको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारबाही गर्न थालेको । माक्स नलागाउने लाई सम्झाई बुझाई गदैँ एक सय रुपैयाँ जरीवाना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।