महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । कार्यालयका अन्य कर्मचारीको स्वास्थ्य परिक्षण गनुपर्ने र कार्यालय निर्मलीकरण गनुपर्ने भएकाले बैशाख १० गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्टले बताए ।“अन्य कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिदै छ ।” उनले भने–“१० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौ ।” पछिल्लो केही दिनयता कञ्चनपुरमा कोरोना संक्रमण तिब्र बढिरहेको छ ।