अछामको बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।  अस्पतालमा कार्यरत २७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । संकास्पद लक्षण देखिएपछि एन्टिजेन जाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालमा झनै जोखिम बढेको भन्दै बढीभन्दा बढी सतर्कता अपनाउन आग्रह गरिएको छ।