महेन्द्रनगर । महेन्द्रनगर स्थीत सुदूरपश्चिम विश्वविद्यालयमा अध्यनरत दुई जना विद्यार्थी र एक जना प्राध्यापकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत विद्यार्थीमा कोरोना संक्रमण भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका प्रवक्ता गोविन्द पन्तले विद्यार्थी र प्राध्यापकमा संक्रमण भएको बताए । त्यसैगरी मङ्गलबार कञ्चनपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा गरिएको पिसीआर परिक्षणमा भीमदत्तनगरपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी एन्टिजेन परिक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ३५ जना भारतबाट आएका हुन भने अन्य भीमदत्तनगरपालिकाका स्थानीय हुन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार हालसम्म जिल्लामा २ सय ५६ जना एन्टिजेन पोजेटिभ छन भने ८९ जना पिसीआर पोजेटिभ छन ।