कञ्चनपुर : मङ्गलबार कञ्चनपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा गरिएको पिसीआर परिक्षणमा भीमदत्तनगरपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी एन्टिजेन परिक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार हालसम्म जिल्लामा २ सय ५६ जना एन्टिजेन पोजेटिभ छन भने ८९ जना पिसीआर पोजेटिभ छन । ।