महेन्द्रनगर । पुर्वपश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थीत कलुवापुरमा कार र मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन । घाइते मध्ये मोटरसाईकलमा सवार एक जना जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पश्चिम बाट पुर्व तर्फ गइरहेको से ४ प ७३८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा २१ च १३०५ नम्बरको कारलेओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो ।मोटरसाईकलका चालक कञ्चनपुरको बैलौरी नगरपालिका–२ का विर वहादुर चौधरीको टाउको र कम्मरमा चोट लागेको भने पछाडी सवार उनकी श्रीमतीको हातखुट्टामा चोट लागेको छ । दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारको लागि धनगढी लगइएको छ भने कार र कार चालक शुक्लाफाँटा नगरपालिका –५ का दिपकराज भट्ट ईलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन ।

तस्वीर केशबराज पन्त