महेन्द्रनगर । नेपाल विद्यार्थी संघको ५२ औ स्थापना दिवसको अवसरमा महेन्द्रनगर स्थीत जनज्योती क्याम्पसमा डस्टविन र मास्क वितरण गरिएको छ । नेविसंघको जनज्योती क्याम्पस ईकाइ कमीटीले एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ भने क्याम्पसलाई डस्टविन हस्तान्तरण गरिएको छ । नेविसंघको जनज्योती क्याम्पस ईकाइ कमीटीका सभापती कृष्णदेव जोशीको सभापतीत्वमा भएको कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष ईन्द्र साउद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेता साउदले विद्यार्थीहरुको हरेर समस्या समाधानका लागी नेविसंघ विगतदेखी नै आन्दोलनमा रहेको बताए । “विद्यार्थी हक हितका सवालमा हामी सधै लागि परेका छौ ।” उनले भने–“नेविसंघ संग आस्थावान सम्र्पुण विद्यार्थीहरुलाई एकतावद्ध हुन आग्रह गर्छु ।” उनले नेविसंघलाई एकतावद्ध भएर अगाडी बढाउन सबैलाई आग्रह समेत गरे ।