महेन्द्रनगर : भीमदत्तनगरपालिकाले नगरभित्रका विद्यालयहरु ९ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहको अध्यक्षमा सोमबार बसेको विद्यालयका प्रभानाध्यापकहरुको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले बढ्दो गर्मी तथा कोभिड १९ को संक्रमण समेतलाई मध्यनजर गरि नगरक्षेत्रभित्र सञ्चालन हुने विद्यालय पठन पाठन, मन्टेश्वरी, ट्युसन तथा कोचिङ सेन्टर, विभिन्न आयोग तयारी कक्षा वैशाख १५ गतेसम्म पठनपाठन स्थगन गरिने भएको छ । पूर्वनिर्धारित परीक्षाहरु स्वास्थ्यका मापदण्ड पुरा गरेर सञ्चालन गर्न सकिने छ ।