बैतडी :कोरोना संक्रमण बढ्दै गएपछि बैतडीको मेलौली नगरपालिका भित्रका  सम्पूर्ण विद्यालय बन्द गरिएका छन। वडा न ७ तोल्याका एक जनामा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालीका भित्रका विद्यालय वैशाख १४ गते सम्मका लागी बन्द गर्ने निणर्ण गरिएको नगरपालीकाले जनाएको छ। आईतबार नगरपालीकामा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले अर्को सुचना जारि नभए सम्मका लागी तोल्या क्षेत्रलाई समेत शिल गर्ने निणर्य गरेको नगरपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ।