महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरु संग छलफल गरेर विद्यालय बन्दको निर्णले लिने भएको छ । आईतबार भृकुटी माध्यमीक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने विषयमा नगर भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरु संग छलफल गरेर निर्णय लिने जनाएको छ । भीमदत्तनगरपालिकाका विद्यालय निरिक्षक हरी दत्त जोशीले सोमबार बिहान ९ बजे विद्यालयका प्रधानाध्यापकहरुलाई छलफलका लागि बोलाइएको बताए । उनले छलफलबाट आवश्यक निर्णय लिने बताए ।