कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो ।संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।