महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थीत भृकुटी माध्यमीक विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । आईतबार स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गराउँदा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले विद्यालयका अन्य शिक्षक र सम्र्पकमा आएका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गनुपर्ने र संक्रमण बढ्न सक्ने भएकाले अर्को सुचना नआएसम्म विद्यालय बन्द भएको बताए । विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परिक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको छ । आईतबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।