चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टले धर्म मान्दैनन् भनेर गरिएको प्रचार गलत भएको बताए ।
चितवनको अयोध्याधाम क्षेत्रमा पुगेर प्रचण्डले कम्युनिष्टले धर्म मान्दैनन् भनेर झुटो प्रचार गरिएका बताए। ‘हामी कम्युनिष्टहरु जनताको धार्मिक आस्था माथि सम्मान गर्छौं ।’ उनले भने– ‘धार्मिक पर्यटनमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा हामी कम्युनिष्टहरु नै सबैभन्दा संवेदनशील र जिम्मेवार हुन्छौं।’
माडीमा रामजन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्ने हो भने सबैका लागि खुसीको कुरा हुने उनले बताए । ‘ऐतिहासिक, पौराणिक, परम्परासँग सम्बन्धित निकै संवेदनशील विषय भएको हुनाले यस्ता विषयमा राजनीति गर्ने, यस्ता विषयमा सस्तो लोकप्रियता हासिल गर्ने मात्रै आकांक्षा राख्ने काम कसैले गर्न नहुने बताए ।