काठमाडौं । यहि बैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । भने एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ ।