काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३३ जनाको पीसीआर परीक्षणमा ७६८ र ६७१ जनाको एन्टिजेन परीक्षणबाट ७५ गरेर थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जनाले कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ७५ पुगेको छ । शनिबार २२६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । 

यसैगरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ र २ मा दुई÷दुई, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् । यस्तै प्रदेश १ मा एक, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।