काठमाडौं- कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको शतकीय साझेदारी गरेपछि नेपाले नेदरल्यान्डविरुद्ध सहज जित निकालेको छ। टस जितेर बलिङ रोजेको घरेलु टिम नेपालले ट्राई नेसन्स टी-२० सिरिजको उद्घाटन खेलमा ९ विकेटको जित निकालेको हो। त्रिभुवन विश्वविद्यलयको मैदानमा न्युजिल्यान्डबाट १३७ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पुरा गरेको छ।

त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको थियो। नेपालका लागि डेब्युट्यान्ट कुशल भूर्तेलले ६२ रनको शानदार इनिङ खेले । ट्वान्टी-२० मा पहिलो पटक नेपाली जर्सी लगाएर क्रिजमा उत्रिएका कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए । ५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए । उनले कुशललाई पिटर सीलारको हातबाट क्याच आउट गराएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए ।