महेन्द्रनगर । शुक्रबार नेपाल भारतका अधिकारी बीच बनबासामा बैठक सम्पन्न भएको छ ।भारतको चम्पावतका डिएम,कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र एसपी लगायत दुबै देशका उच्च अधिकारीहरू उपस्थित बैठकमा समसासयिक विषयमा छलफल भएको छ । बैठकमा नाकामा आवागमन,पुर्णगीरी मेला,कोरोना र सिमाका विषयमा छलफल भएको जनाइएको छ । बैठकमा भारतीय अधिकारीहरुले भारतीय नागरीकलाई नेपाल प्रवेशमा सहज गरिदिन आग्रह गरेका थिए । नेपालले भने भारतबाटै नेपालमा कोरोना जोखिम रहेकाले तत्काल आफुहरुको तहबाट सहज गर्न नसक्ने र केन्द्रको निर्देशन अनुसार चल्ने बताएका थिए ।

त्यसैगरी बैठकमा कोरोना संक्रमण तिब्र भइरहेका बेला पूर्णगीरी मेलाबाट समेत संक्रमणको जोखिम रहेकाले त्यसतर्फ सर्तकता अपनाउन दुबै देशका अधिकारी सहमत भएका छन ।एनएचपीसी गेस्ट हाउस बनबासामा भएको बैठकमा कोभिड संक्रमणको बढ्दो प्रभाव, सीमा विवाद, तस्करी, खडेरी बन्दरगाह लगायतका बिभिन्न विषयहरुमा समेत छलफल भएको थियो । दुबै देशका अधिकारीहरू आपसी मेलमिलापबाट समस्याहरू समाधान गर्न सहमत भएका हुन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाली अधिकारीहरूले समस्याको अवलोकन गर्दै दुई देशबीच आपसी सद्भाव कायम गरेर समस्या समाधान गर्न सहयोगका बारेमा कुरा गरे । नेपाल कञ्चनपुरका सीडीओ राम कुमार महतोले नेपाल र भारतसँग यसको गहन सम्बन्ध छ र सुदृढिका लागि, स्थानीय तहमा अधिकारीहरू माझ सद्भाव कायम गरेर जानकारीको आदानप्रदान गर्ने बताए । बैठकमा दुबै देशका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।